काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले (नेकपा) का प्रचण्ड-नेपाल पक्षले सरकार चलाउन नसक्ने भन्दै कडा आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सल्लाहकार थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वमा नयाँ सरकार बनाउने सम्भावना शून्य रहेको दाबी गरे ।
सामाजिक सञ्जालमा लेख्दै सल्लाहकार थापाले भनेका छन्- ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ ।’
त्यस्तै प्रचण्ड-नेपाल पक्ष मिलेर नयाँ नेतृत्वको सरकार गठन गर्नु भनेको गोरु ब्याएर बिगौती खान खोज्नु जस्तै भएको टिप्पणी गरेका छन् । त्यस्तै आगामी दिनमा प्रचण्ड-नेपाल पक्षको सत्तासमिकरण हेर्दै जान समेत आग्रह गरेका छन् ।
‘यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ ।’ सल्लाहकार थापाले भने ।
संसद पुनर्स्थापनासँगै प्रचण्ड-नेपाल पक्ष सत्ता समिकरणको लागि छलफलमा जुटेको छ । त्यसैलाई लक्षित गर्दै सल्लाहकार थापाले त्यस्तो व्यंग्य गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया