सूचना प्रवाहमा कडाई गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना प्रवाहमा कडाई गरेको छ ।

राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक सूचना तथा सञ्चार नीति, २०७७’ जारी गर्दै सूचना प्रवाहमा कडाई गरेको हो ।

राष्ट्र बैंकको सो संचार नीति अनुसार अब राष्ट्र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पनि विना अनुमति कसैलाई पनि सूचना दिन वा बोल्न पाउने छैनन् ।

राष्ट्र बैंकले प्रवाह गर्न मिल्ने सबै प्रकारका सूचना दिन प्रवक्तालाई जिम्मेवारी दिएको छ । प्रवक्ता नभएको वा अनुपस्थितीको अवस्थामा सहायक प्रवक्ता मार्फत सूचना प्राप्त गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?