यस्तो छ उत्कृष्ट चारमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको प्राविधिक अवस्था

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले यस वर्ष प्रगति राम्रो गरेको देखिएको छ ।

यस कम्पनीका केही प्राविधिक पक्ष हेर्ने हो भने पनि १९ जीवन बीमा कम्पनीमा चौँथो स्थानमा रहेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले माघ मसान्तसम्म २ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जसमा कम्पनीले माघ अन्तिमसम्म १ अर्ब ४३ करोड पहिलो बीमा शुल्क आर्जन गरेको छ भने यस अवधीमा १ अर्ब ३२ करोड किस्ता बापतको बीमा शुल्क (नविकरण) आर्जन गरी कुल २ अर्ब ७५ करोड बीमा शुल्क पुर्‍याएको हो ।

माघ महिनामा मात्रै कम्पनीले २५ करोड पहिलो बीमा शुल्क आर्जन गरेको छ भने १९ करोड रुपैयाँ नविकरण बापतको शुल्क आर्जन गरेको देखिएको छ । त्यस्तै, यस अवधीमा कुल पोर्टफोलियोमा यस कम्पनीको मार्केट शेयर ५.६३ प्रतिशत रहेको छ । माघमा मात्रै सूर्या लाइफको मार्केट शेयर ५.७३ प्रतिशत रहेको छ । पहिलो बीमा शुल्क आर्जनमा सूर्या लाइफ पाँचौ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?