विश्वका ५० उत्कृष्ट सर्भेयरको सूचीमा परे नेपालका खिमलाल गौतम, सगरमाथाको उचाइ नाप्ने टोलीको नेतृत्व गरेका थिए

लोकपथ
0
Shares

काठमाडौं – नापी विभागका प्रमुख नापी अधिकृत उपसचिव ई. खिमलाल गौतम विश्वका ५० उत्कृष्ट सर्भेयरको सूचीमा परेका छन् ।

भू – वैज्ञानीकहरुको अन्तर्राष्ट्रिय निकाय ‘जीयो स्पासियल वर्ल्ड’ले गरेको स्वतन्त्र सर्भेक्षणमा नापी विभागका प्रमुख नापी अधिकृत गौतम संसारभरका चर्चित र उत्कृष्ट काम गरेका भूवैज्ञानिक (सर्भेयर) हरूमध्ये सर्वोत्कृष्ट ५० मा पर्न सफल भएका हुन् ।

हरेक वर्ष झैँ साहसिक र नविनतम काम गर्ने व्यक्तिहरुको उत्कृष्ट सूची सार्वजनिक गरेको जीयो स्पासियल वर्ल्डले सन् २०२१ को सूची सार्वजनिक गर्दै गत २०७६ जेठ ८ गते बिहान ३ बजेर ०५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सगरमाथाको उचाई नाप्ने टोलीको नेतृत्व गरेका गौतमलाई समावेश गर्दै बधाई दिएको छ ।

Measuring Mt Everest: because it is there | Nepali Times

जीयो स्पासियल वर्ल्ड ले हिजो (बुधवार) आफ्नो वेबसाईट मार्फत् दिएको सो जानकारीले नेपाल सरकारको नापनक्सा गर्ने आधिकारीक निकाय नापी विभागको इतिहासमा पहिलो पटक संसारभरका चर्चित र उत्कृष्ट कार्य सम्पादन गर्ने ५० भित्र आफ्नो कर्मचारी पाएको छ ।

Everest Day: A conversation with Nepal's Everest height measurement leader – OnlineKhabar English News

जियोस्पाईटलले गौतमबारेमा लेखेको छ,  “सन् २०१९ मा सगरमाथाको पुन मापन टोलीको खिमलाल प्रमुख सर्वेक्षणकर्ता थिए। उनी विश्वमा एक मात्र सरकारी कर्मचारी र सर्वेक्षणकर्ता हुन् जसलाई यस हिमालमा दुई चोटि नाप गरेको छ। हालसम्म उनी नेपाल सरकारबाट हिमाल आरोहण गर्ने उच्च पदस्थ सरकारी अधिकारी हुन्। उनका स्नातकोत्तर भौगोलिक सूचना विज्ञान र सिर्वस विश्वविद्यालयबाट प्रणाली, स्नातकमा पूर्वाञ्चल विश्वविद्यालयबाट जियोमेटिक्समा स्नातक छन्। विभागका लागि भू भूगर्भीय सर्वेक्षणको अतिरिक्त उहाँ भूमि व्यवस्थापनको लागि दिशानिर्देश र नीति पनि तयार पार्नुहुन्छ।” कास्की जिल्ला माछापुछ्रे गाउँपालिकाका ई। गौतम हाल नेपाल सरकारको नापी विभाग अन्तर्गत उपसचिव पदमा “नापी कार्यालय कास्की” को कार्यालय प्रमुखको कार्यरत छन् । गौतम नेपाल सरकारले आफ्नै श्रोत र साधन प्रयोग गरि सफलतापुर्वक सगरमाथाको उचाई मापन गर्ने टोलीका नेतृत्वकर्ता थिए । उक्त मापनबाट सगरमाथाको उचाई ८८४८ मिटर बाट बढेर ८८४८.८६ मिटर कायम भएको थियो ।’

Is Mount Everest Shrinking; Nepal Is On Mission To Measure World's Tallest Mountain

यसअघि लोकपथमा प्रकाशित यो समाचार पनि पढ्नुहोस् :  यसरी कठिनाईसँग जुध्दै नापेको थियो नेपाली टोलीले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?