इल्चेविरुद्ध बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले इल्चेविरुद्ध सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सालाई जित दिलाउन कप्तान मेस्सीले दुई गोल गर्दा जोर्डी अल्बाले अर्को एक गोल थपे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको हो ।

जितसँगै २४ खेलबाट ५० अंक जोडेको बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ । २१ अंक जोडेको इल्चे रेलिगेसनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?