‘बी’ डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज बिहीवार पनि दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आरसीटी र नयाँबस्ती युवा क्लब तथा दोस्रो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
आरसीटी र नयाँबस्तीबीचको खेल अपरान्ह सवा १२ बजे शुरु हुनेछ भने झम्सिखेल र ब्वाइजबीचको खेल अपरान्ह साढे ३ बजे शुरु हुनेछ ।

समान ६ खेल खेलेका नयाँबस्ती ११ अंक जोडेर चौंथो स्थानमा रहँदा आरसीटी अंक जोडेर सातौं स्थानमा छ । यस्तै झम्सिखेल ६ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ भने ब्वाइज ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?