एटलान्टाविरुद्ध रियल मड्रिड विजयी

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एटलान्टालाई पराजित गरेको छ । एटलान्टाको मैदानमा भएको खेलमा मड्रिडले १० खेलाडीमा सीमित इटालियन क्लब एटलान्टालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

रियलका फेर्लान्ड मेन्डीले खेलको ८६औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल भयो ।खेलको १७औँ मिनेटमा रिमो फ्रेलेरले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । रियल र एटलान्टाको दोस्रो लेग मार्च १६ मा रियलको मैदानमा हुनेछ । एटलान्टालाई अन्तिम आठमा प्रवेशका लागि दोस्रो लेगमा दुईभन्दा बढी गोल अन्तरको जित निकाल्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?