च्याम्पियन्स लिगमा सिटीको सहज जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितका लागि खेलको २९ औं मिनेटमा बेर्नार्डो सिल्भा र ६५ औं मिनेटमा ग्राबियल जिससले समान एक एक गोल गरे ।

जितसँगै सिटीको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ । सिटी र मन्छेनग्लाडबाखबीचको दोस्रो लेग मार्च १६ मा सिटीको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?