भौतिक पूर्वाधारको प्राविधिक ल्याब

लोकपथ
0
Shares

काठमाडौं । मुलुकमा निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेका भौतिक पूर्वाधारको प्राविधिक परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।
केन्द्रले आयोजनालाई नभत्काई÷नबिगारी परीक्षण (नन डिस्टक्टिभ टेस्ट) गर्न सुरु भए पनि प्रयोगशाला नहुँदा पूर्णरूपमा परीक्षण भने हुन सकेको छैन । केन्द्रले सिंहदरबार परिसरमा रहेको आफ्नै भवनमा प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव तथा प्रवक्ता ज्ञानराज सुवेदीले प्राविधिक परीक्षणको विश्वसनीयता, गोपनीयता तथा गुणस्तर कायम गर्न केन्द्रले दुई महिनाभित्र भत्काई÷बिगारी परीक्षण सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?