वर्तमान सरकारले जनमत गुमाइसकेकाले मध्यावधि निर्वाचनमा जानुपर्छ: कांग्रेस नेता जोशी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले सर्वोच्च अदालतको संसद विघटन बदरको फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगिएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका १५ वडा कार्यसमितिले संसद पुन: स्थापनाको फैसलाको स्वागत र खुसीयालीमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै जोशीले सर्वोच्चको फैसलाले संविधान मिच्न अग्रसर भएका शक्तिहरु पराजित भएको बताए ।

संसद विघटनविरुद्ध आवाज बुलन्द गर्ने सबैलाई उनले धन्यवाद प्रकट समेत गरेका थिए । वर्तमान सरकारले जनमत गुमाइसकेको र संविधान समेत ट्रयाकमा आइसकेको अवस्थामा संविधानत:  मंसिरमा मुलुक मध्यावधि निर्वाचनमा जानुपर्नेमा नेता जोशीले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?