रोग प्रतिरोधात्मक क्षमता बढाउन सुन्तला खानुहोस् : यस्ता छन् अनेक फाइदा

काठमाडौं । जाडो होस् या गर्मी, दुबै याममा सुन्तलाको खतप उक्तिकै हुन्छ । विशेषगरी जाडो याममा पाइने सुन्तला घाम ताप्दै खुल्ला चौरमा बसेर खानुको आनन्द नै बेग्लै हुन्छ । सधैँ खाइरहेको सुन्तलाका फाइदाबारे भने धेरै जसो मानिसहरु अनभिज्ञ हुन सक्छन् । आज हामी तपाइलाई सुन्तला खानुका फाइदाबारे जानकारी दिन गइरहेका छौँ ।

सुन्तला एक रसिलो फल हो । मंसीर महिनादेखि नै यो खानका लागि तयार हुन्छ । त्यसैले जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला र बदाम खानुको मज्जा बेग्लै हुन्छ । सुन्तला नियमित खानाले स्वास्थ्यमा पनि निकै फाइदा पुग्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन : 

कोरोनाको कहरका कारण एक वर्षदेखि थिलोथिलो भएको सिंगो विश्व अझैपनि पूरानो लयमा फर्कन सकेको छैन । झनै कोरोनाको डरलाग्दो आक्रमणबाट जोगिनका लागि रोग प्रतिरोधात्मक क्षमता आवश्यक पर्छ । त्यसैले पनि यो सिजनमा सुन्तला सेवन गर्नुपर्छ । सुन्तलामा प्रशस्त मात्रामा ‘भिटामिन सी’ पाइन्छ । ‘भिटामिन सी’ प्रशस्त भएको सुन्तलाले तपाईमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी रोगहरु लाग्नबाट बचाउँछ । चिसो मौसममा रोगसँग लड्न सुन्तला खानु निकै फाइदाजनक छ।

उच्च रक्तचापका लागि वरदान :
सुन्तला सेवन उच्च रक्तचाप नियन्त्रण गर्न वरदान सावित हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग पु-याउँछ । सुन्तलामा हुने ‘हेस्परिडिन’ भन्ने तत्वले उच्च रक्तचाप नियन्त्रण गर्ने भएकोले चिकित्सकहरुले उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि सुन्तला खान सल्लाह दिन्छन् ।

छालाको सुन्दरता बढाउँछ :
सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईको छालालाई सुन्दर बनाउँछ । अनुहार र छालाको सुन्दरताका लागि पनि नियमित सुन्तला खानु उपयुक्त हुन्छ । सुन्तला खाएपछि त्यसको बोक्रा जम्मा गरेर ग्याण्डरमा पिसेर धुलो बनाई अनुहारमा नियमित लगाउँदा पनि फाइदा पुग्छ ।

मुटुलाई स्वस्थ राख्छ :

सुन्तलामा हुने पोटासियमले तपाईको मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले मुटुलाई स्वस्थ राख्न सुन्तला खानु उपयुक्त हुन्छ ।

क्यान्सरको जोखिम कम गर्छ :

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईलाई क्यान्सर हुन दिँदैन । नियमित सुन्तला खाने व्यक्तिमा स्तन, फोक्सो र छालाको क्यान्सरको जोखिम कम गर्ने विभिन्न अध्ययनह्रले देखाएका छन् ।

आँखाको दृष्टिलाई फाइदा :

सुन्तलामा पाइने भिटामिन ए ले आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

कब्जियतबाट बचाउँछ :

सुन्तलामा पाइने फाइबरले कब्जियत हुन दिँदैन । त्यस्तै सुन्तलामा हुने रेशायुक्त पदार्थले तपाईका पाचन प्रणाली समेत राम्रो बनाउँछ । यसका अलावा : 

मिर्गौला स्वस्थ राख्न

कलेजो जोगाउन

कोलेस्टरोल घटाउन

मुटु बलियो बनाउन

भाइरल इन्फेक्सन हटाउन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?