हेर्नुहोस् फाल्गुन १३ गते बिहीवारको राशिफल

वि.सं. २०७७ साल फाल्गुन १३ गते । बिहीवार । इ।स।२०२१ फेब्रुवरी २५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । तिथी– त्रयोदशी,१५ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– तिष्य,१२ बजेर ०३ मिनेट उप्रान्त अश्लेषा । योग–शोभन,२४ बजेर ३३ मिनेट उप्रान्त अतिगण्ड । करण–तैतिल,१५ बजेर ५२ मिनेट उप्रान्त गर,२७ बजेर ३९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३४ मिनेटमा,सूर्यास्त १८ बजेर ०० मिनेटमा । दिनमान २८ घडी ३५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेकोछ । व्यापारमा लगानी गर्नको लागी केही समय धैर्यधारण गर्नुहोला । तरपनी कृषि,पशुपालन तथा पुर्खौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहादा नचाहादै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्वन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानीको अभावले आम्दानीमा कमी हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
वन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगती गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममूखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि लामो दुरिको यात्राको लागी समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दियमात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तहरुको असहयोगले राम्रा काम गर्ने अवसर गुम्नेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । पैत्रिक धन सम्पतिका प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनीतिज्ञको लागी समय मध्ययम रहेकोछ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ । पढाइ लेखाइमा समय दिएपनि नतीजा भनेजस्तो आउने छैन । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । अप्ठ्यारा परिस्थितीसँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुची बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुने छैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साथ दिने तथा सहयोग गर्नेहरुले हात झिक्नाले चिताएको काम बिलम्ब गरी सम्पादन हुनेछ । सामान्य काममा श्रम तथा समय खर्च हुनेछ भने अरुको काममा समय खर्च हुनेछ । बिलाशी बस्तु तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजानाले अरुभन्दा पछी परिनेछ । जीवन साथिको सहयोग नपाईनाले व्यापार व्यावसायमा भनजस्तो आम्दानी हुनेछैन ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । प्रेममा रमाउने चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउने सक्छ । प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा खिन्न हुनेछ । आउने ठाउँबाट रकम नआउनाले व्यावसायमा लगानी गर्ने अवसर टरेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न वस्तु तथा उपाहार प्राप्त हुनेछ । व्यावसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईँको प्रस्तुतिले सबैको मन आकर्शित गर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?