२०७७, १२ फाल्गुन बुधबार २२:१३

अञ्जु पन्तले गरिन् यसरी बिहे, तस्बिरमा हेर्नुहोस्


प्रकाशित मिति : २०७७, १२ फाल्गुन बुधबार २२:१३

चर्चित गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।
अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ ।
केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् । तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारेका थिए ।
अन्जु र थिरले विवाहमा सीमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । आफूहरुबीच विवाह भएको थिरले बताए । उनले आफूहरुले पाटनको चर्चमा बिहे गरेको बताए । कोरोनाको कारणले सीमित आफन्तका उपस्थिमा बिवाह गरेको थिरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस