ओलीले कुनै हालतमा राजीनामा नदिने

लोकपथ
0
Shares

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी० को ३३औँ वार्षिकोत्सवका अवसरमा उनले प्रधानमन्त्रीले कसैले माग्दैमा राजीनामा नदिने बताएका हुन् ।

सत्तारुढ नेकपाका नेता श्रेष्ठले प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गरेर अगाडि बढ्ने जनाउँदै संसद् सञ्चालन भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री ओलीले सामना गर्ने बताए । अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै उनले जनताले नै चुनेर पठाएकाले जनताले नै अहिलेको सङ्कटकालीन अवस्थाको मूल्याङ्कन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?