रविन्द्र मानन्धरले चुमे स्वर्ण

लोकपथ
0
Shares

काठमाडौं । नेपालका रविन्द्र मानन्धरले दोश्रो अन्तराष्ट्रिय पुरुष महिला कराते च्याम्पियनसिप गोलेष्टान कपको भेट्रान्स १ बी मा स्वर्ण चुमेका छन् ।

इरान कराते अनलाईन काता च्याम्पियनसिपमा मान्धरले आयोजक ईरानका होसिन ताजिकलाई पछाडी पार्दै स्वर्ण चुमेका हुन् ।

तेश्रो स्थानमा आयोजक ईरानका रहमत नजारी र इन्डोनेसियाका अहमद जाकी रहे । यस्तै महिला सिनियर तर्फ रिना श्रेष्ठले स्वर्ण हात पारिन् । उनले मलेसियाकी साम हियाङ्ग फोङ्गलाई पराजित गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?