काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट फागुन २२ गतेबाट

लोकपथ
0
Shares

काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता फागुन २२ गतेबाट शुरु हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार प्रेस विज्ञप्ति निकाल्दै मेयर कप क्रिकेट फागुन २२ देखि २९ गतेसम्म हुने जनाएको छ ।

टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छन् ।

प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ ।

एक टिम भने प्रदेश प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटिएको काठमाडौं महानगरपालिका टिम रहनेछ ।

सम्झौता अनुसार काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?