श्रम मन्त्रीसँग महासंघको सीप विकास समितिको प्रतिनिधि मण्डलले गरे भेटघाट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका पदाधिकारी तथा सदस्यहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय गौरीशंकर चौधरीसँग भेटघाट गरेका छन् ।

बुधवार सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल,सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठ सहितको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री चौधरीसँग मन्त्रालयमा भेटी सरकार र नीजि क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

भेटका अवसरमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको कुरा सो अवसरमा उठाइएको बताइएको छ ।

भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर बिनाकुनै सीप कामका लागि विदेशीने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि सीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम संचालन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेकोले महासंघवाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?