च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड र एट्लान्टा भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज स्पेनिस क्लब रियल मड्रिडले एट्लान्टासँग भिड्दै छन् ।
एट्लान्टाको मैदानमा हुने खेल राति १:४५ बजे शुरु हुनेछ ।

इटालियन क्लबविरुद्ध मैदान उत्रदा रियल जितको खोजीमा हुनेछ । रियल पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

तर, एट्लान्टाविरुद्धको खेल रियलका लागि कठिन हुनेछ । एट्लान्टा पनि रियललाई हराएर क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियल लगातार २४ औं सिजन नकआउट चरणमा पुगेको हो । च्याम्पियन्स लिगमा रियल र एट्लान्टा भने पहिलो पटक भिड्न लागेका हुन् ।

इटालियन क्लबविरुद्ध रियलका करिम बेन्जिमाले खेल्ने छैनन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?