धनुषा । नगराईन नगरपालिका-२ नगराईनबाट स्रोत नखुलेको २५ लाख ५० हजार रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेहा फेन्सी स्टोरका संचालक संजय कुमार साह र भारत बिहारका २४ वर्षीय सुमित कुमार यादब रहेका छन् ।
नगराईन नगरपालिका-२ नगराईन बजारस्थित महोत्तरी लोहारपट्टी नगरपालिका-५ का ३५ वर्षीय संजय कुमार साहको नेहा फेन्सी स्टोरबाट श्रोत नखुलेको २५ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई हिजो मंगलवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्टोरमा भारतबाट अवैध रुपमा लुकाई ल्याई नेपाली रुपैयाँ राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा १ हजार रुपैयाँ दरको १ हजार ६ सय वटा नोट र ५ सय रुपैयाँ दरको १ हजार ९ सय वटा नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई उक्त रुपैयाँ सहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया