२०७७, १२ फाल्गुन बुधबार १२:२३

पछिल्लो समय केमा व्यस्त छिन् वर्षा सिवाकोटी ?


प्रकाशित मिति : २०७७, १२ फाल्गुन बुधबार १२:२३

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी फिल्म छोड्ने र जोडिनेमा अन्य अभिनेत्री भन्दा निकै अगाडि छिन् । केही अगाडि फिल्म ‘सुदूर’ छोडेकी अहिले भने ‘कालीपुरुष’ नामक एक नयाँ फिल्ममा अनुबन्धित भएकी छन् ।

फिल्म राघव आचार्यले निर्देशन गर्न लागेका हुन् । ‘कालीपुरुष’ अहिलेलाई राखिएको फिल्मको टाइटल हो । काम गर्दैजाँदा फिल्मको नाम परिवर्तन पनि हुन सक्ने निर्माण युनिटले जनाएको छ ।

मानकृष्ण महर्जनको छायाँंकन रहने ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ । फिल्मको अन्य टिम समेत छनौटको क्रममा रहेका छन् ।

सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यो फिल्म इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । फिल्मको छायाँकन फागुणको अन्तिम साताबाट सुरु बताइएको छ ।

हालै ‘परदेशी २’को छायांकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध छिन् ।

प्रतिक्रिया दिनुहोस