सर्वोच्चले संविधानको अक्षरंश पालना नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश दिएको छ : अभिनेता भुवन केसी

लोकपथ
0
Shares

काठमाडौं । अभिनेता भुवन केसीले सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेर संविधानको सर्वोच्चताको रक्षा गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता केसीले सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर  स्थापना गरेको र हजारौंको भौतिक, मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको रक्षा गरेको बताएका हुन् ।

उनले अगाडी लेखेका छन्, सबैले संविधानको अक्षरंश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ । कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम छ ।

उनले संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका नटरेको जनाए ।


आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला, मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला भन्दै समाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?