केही फरक काम गरौँ भन्ने उद्देश्यले ‘क्राइम पेट्रोल’ होस्ट गर्न लागेको हुँ : दीपकराज गिरी

लोकपथ
0
Shares

काठमाडौं । चर्चित हाँस्य कलाकार एवम् निर्माता दीपकराज गिरी फेरि टेलिभिजनको पर्दामा देखिने भएका छन् । संचारकर्मी रवि लामिछानेले ल्याएको नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत ‘क्राइम पेट्रोल’ नामको कार्यक्रम देखिन लागेका हुन् ।

भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’सँग आधिकारी अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । कलाकार गिरी यसको होष्टको रुपमा देखिन लागेका हुन् ।

‘क्राइम पेट्रोल’ होष्ट सहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । यसमा कथा अनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल’मा अभिनय भन्दा पनि आफ्नो जिम्मेवारी होष्टको मात्र रहने कलाकार गिरीले बताए । ‘केही फरक काम गरौँ भन्ने उद्देश्यले ‘क्राइम पेट्रोल’ होस्ट गर्न लागेको हो,’ गिरीले बताए ।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गरेकी मल्लले गौरी मल्ल अभिनित नेपाल टेलिभिजनको चर्चित श्रृखंला ‘सिंहदरबार’ समेत लेखेकी थिइन् । ‘क्राइम पेट्रोल’को लेखनको अलवा मल्लले क्रिएटिभ प्रोडुसरको जिम्बेवारी समेत निर्वाह गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?