विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११६ रुपैयाँ २४ पैसा कायम भएको छ ।

यसैगरी आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७९ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?