काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका मंगलवार भएको दोस्रो खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा खुमलटारले पुल्चोक स्पोर्टस् क्लबलाई ५–२ गेलअन्तरले पराजित गरेको हो ।
खुमलटारका लागि महेश राईले दुई तथा सविन केसी, आयुष घलान र मनिष सेढाईँले एक एक गोल गरे। खेलको २९औँ मिनेटमा खुमलटारका लागि राईले पहिलो गोल गर्दा ५२औँ मिनेटमा केसीले पेनाल्टीमार्फत दोस्रो गोल गरे । खेलको ५८औँ मिनेटमा खुमलटारका लागि घलानले तेस्रो गोल गर्दा ६३ औँ मिनेटमा राईले चौथो तथा ६५औँ मिनेटमा सेढाँईले पाँचौँ गोल गरेका हुन् ।
यसैगरी पुल्चोकका लागि मीनबहादुर गुरुङले खेलको ४०औँ मिनेटमा तथा किश्मत लिम्बूले खेलको ४९औँ मिनेटमा गोल गरेका थिए ।
जितसँगै खुमलटारले हालसम्म छ खेलबाट १६ अङ्क तथा पुल्चोकले छ खेलबाट एक अङ्क मात्र जोडेको छ । कोरोना भाइरसको महामारीको कारण ‘बी’ डिभिजन लिग गत चैत ५ गते स्थगित भएको थियो । उक्त लिग पुनः मंगलवारदेखि शुरु भएको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष टोली ए डिभिजनमा बढुवा हुनेछ भने पुछारको टोली सी डिभिजनमा घटुवा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया