प्रधानन्यायाधीशकाे प्रधानमन्त्रीलाई बर्थडे गिफ्ट

लोकपथ
0
Shares

काठमाडौँ । सर्वोच्च अदालतको फैसला आएसँगै नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलाई सम्पर्क गर्दा उनको जबाफ आयो–म अहिले बर्थथेको होहल्लामा छु केही सुनिरहेको छैन, पछि कुरा गर्छु ।’

उनलाई प्रतिनिधिसभा पुनःस्थापनाबारे प्रश्न गर्दा यसो भनेर टारिदिएका थिए । हो, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याउने निर्णय गर्दा बालुवाटारमा बर्थडे पार्टी चलिरहेको थियो । त्यो पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं जन्मदिनको अवसरमा भएको थियो ।
ओलीको बर्थडेका लागि केक काट्ने कार्यक्रम चल्दै गर्दा नै सर्वोच्चको फैसलाबारे जानकारी पुगिसकेको थियो । एकैछिन सन्नाटा छायो तैपनि कार्यक्रम भने रोकिएन ।

एक सहभागीका अनुसार सर्वोच्चको फैसलाका बीच एकैछिन सन्नाटा छाएपनि बर्थडे मनाइएको थियो ।
उनका अनुसार राजधानी उपत्यका बाहिर रहेका बाहेकका मन्त्रीहरू र ओली निकट नेताहरु बालुवाटार पुगेका थिए । बर्थ डे उत्सवमा सांगीतिक कार्यक्रम समेत राखिएको थियो । पूर्वनिर्धारित योजनाअनुसार, नाँचगान पनि चल्दै थियो ।

त्यहीबीचमा फैसला आएपनि कार्यक्रम नरोकिएको हो । ओलीले हरेक वर्ष बर्थ डेलाई विशेष बनाउने गरेका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले अदालतदेखि निर्वाचन आयोगसम्म सेटिङ गरेको आरोप समेत लाग्दै आएको थियो । सबै हल्लालाई चिर्दै अदालतले आज लोकतन्त्रमा विधिको शासन कायम हुन्छ प्रमाणित गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?