२०७७, ११ फाल्गुन मंगलवार १८:५८

संसद पुनर्स्थापना भएसँगै ३ करोड नेपालीको जित भएको छ : योगेश भट्टराई


प्रकाशित मिति : २०७७, ११ फाल्गुन मंगलवार १८:५८

काठमाडौं । संसद पुनर्स्थापनाको फैसलासँगै नेकपाका नेता योगेश भट्टराईले ३ करोड नेपालीको जित भएको बताएका छन् ।

‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ’ भट्टराईले ट्वीट गरेका छन् । अदालतले मुलुक र लोकतन्त्र रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको भट्टराईले बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फैसला गरेको हो । इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

संवैधानिक इजलासमा जबरासँगै न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस