संसद् विघटनको मुद्दाको फैसला सुनाउँदै सर्वोच्च, ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाउँदै छ, योसँगै अहिले सर्वोच्च अदालत परिसरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारलाई विपक्षी बनाएर दायर गरिएको रिट उपर आज (मंगलवार) फैसला पढेर सुनाउँदैछन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गर्दै निर्वाचनको घोषणा गरेकी थिइन् ।

त्यसपछि रुष्ट बनेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्ष नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको विरोधमा संसद विघटनको मागसहित निरन्तर आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?