बाघको छाला जस्तो देखिने वस्तुसहित २ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । दाङमा बाघको छाला जस्तो देखिने वस्तुसहित २ जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-३ गोटिखोलाबाट बाघको १ थान बाघको छाला जस्तो देखिने वस्तुसहित २ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यान बाघचौर नगरपालिका-९ बस्ने २९ बर्षीय सन्दिप डाँगी र सल्यान शारदा नगरपालिका-१५ बस्ने ३७ बर्षीय ईन्द्र बहादुर थापा बिश्वकर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई लुकाई ल्याएको उक्त बाघको छाला जस्तो देखिने वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?