फाँसी चढाँईदै गरेकी महिलालाई ‘हार्टअट्याक’, शवलाई दिईयो फाँसी !

लोकपथ
0
Shares

काठमाडौं । इरानमा मृत्युदण्डको प्रतीक्षा गरिरहेकी महिलालाई हृदयघात भएको छ । हृदयघातले उनको मृत्यु हो । इरानमा शरिया कानूनलाई पालना गर्दै उनको शवलाई फाँसी दिइएको छ ।

मृत्युदण्ड दिने बेला महिला उभिएको कुर्सी हटाउने अधिकार पीडितकी आमालाई दिइएको थियो ।

Iran hangs already-dead woman Zahra Esmaili, lawyer says

दोषीका वकिल ओमिद मुरादीका अनुसार जहरालाई कुनै पनि मूल्यमा फाँसी दिनु पर्दथ्यो किनभने उनकी सासु मृत्युको कुर्सी हटाउने अधिकार प्रयोग गर्न चाहन्थिन् । जहराका श्रीमान् इरानी गुप्तचर सेवामा अधिकारी थिए । यी अधिकारीले जहरा र छोरीलाई प्रताडित गर्दथे । जहराका वकिलका अनुसार दुई सन्तानकी आमा जहरालाई लाइन लगाएर राखिएको १६ दोषीको पछाडि राखिएको थियो र उनीहरुलाई झुण्डाएको हेर्न बाध्य पारिएको थियो ।

डेली मेलका अनुसार इस्माइलीको त्यति नै बेला मृत्यु भयो । तर उनीहरुले जहराको टाउकोलाई कालो कपडाले बेरिदिएको र उनलाई एउटा कुर्सीमा राखेर डोरी उनको घाँटीमा राखिदिए । त्यसपछि पीडितकी आमा अर्थात् जहराकी सासुले कुर्सी धकेलेपछि उनी झुण्डिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?