सर्वाेत्तम सिमेन्टले बढायो क्षमता : अब प्रतिदिन ६० हजार बोरा उत्पादन

काठमाडौं । नेपालको नवलपरासीमा अवस्थित सर्वोत्तम समेन्ट लिमिटेडले आफ्नो उत्पादन क्षमता बढाएको छ ।

देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन आएको कम्पनीले अब आफ्नो सिमेन्ट उद्योेगको उत्पादन क्षमता ४०,००० बोरा प्रति दिन बाट बढाई ६०,००० बोरा बनाएको छ ।

आफ्नो सिमेन्ट उत्पादन अभैm बृहत भएपछि सिमेन्ट उपभोक्ताहरु माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्ट देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको कम्पनीको दाबी छ ।

त्यस्तै कम्पनीले अब सफलताको अर्काे फड्को पार गर्दै अब आफ्नो उत्पादन क्षमता पनि बढाएको र त्यससँगै कम्पनी र उपभोक्तबीचको सम्बन्ध अझै बलियोे हुँदै जाने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ ।

यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?