अब १ रुपैयाँमै डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज !

काठमाडौं । मंगलवार (आज)बाट दराज हाट बजार शुरु भएको छ ।

उक्त हाटबजारमा १ रुपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ ।

नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिने बताइएको छ ।
ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराज सँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाईन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ । यसबाट आफ्ना ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मुल्यमा सजिलै अनलाईन मार्फत पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?