सावधान ! पिसाब संक्रमणको उपचार बेलैमा गरेको राम्रो, देखिन्छ यी लक्षण

लोकपथ
0
Shares

काठमाडौं – मुत्र प्रणालीमा विभिन्न कारणले संक्रमण भएपछि पिसाब गर्न वा पिसाबसम्बन्धी समस्या देखिनु नै यसको संक्रमण हो ।  एक अध्ययनले विभिन्न कारणले ७७ प्रतिशत महिला पिसाब सम्बन्धी समस्याको शिकार हुने देखाएको छ । मुत्र नलीको संक्रमण पिसाब गरेपछि यौन अंग सफा नगर्नेसँग मात्रै सम्बन्धित छैन । आज हामी तपाईलाई यसबारेमा केही जानकारी दिँदैछौँ ।

मुत्रनली विभिन्न कारणले हुने संक्रमणको कारण मुत्र त्यागको समयमा जलन हुन्छ । छिनछिनमा पिसाब आइरहनु, पहेँलो पिसाब आउनु,
पिठ्युमा दुखाई महशुस हुनु, पिसाब पोल्नु, मुत्र त्यागको समयमा झनै पोल्नु,पिसाव दुर्गन्धित हुनु गन्हाउनु, पिसाब चुहिने जस्ता लक्षणहरु देखिन्छ । यी समस्याको समाधानको लागि निम्न सतर्कता अपनाउन सकिन्छ ।

प्रशस्त पानी पिउनुपर्छ ।

धेरैबेर पिसाब रोक्ने बानी गर्नुहुँदैन ।

यौनसम्पर्क पछि मुत्र त्याग गर्दा यौनांगमा रहेको ब्याक्टेरिया बाहिर निस्कन्छ । संक्रमणको खतरा कम हुन्छ । खासगरी महिलाले यौन सम्पर्कपछि मुत्र त्याग गर्नैपर्छ। र सफा पानीले धुनुपर्छ ।

योनीलाई धेरै ओसिलो राख्नु हुँदैन, सुख्खा राख्नुपर्छ/पुच्छनुपर्छ ।

पिसाब फेरिसकेपछि योनी राम्ररी सफा गर्नुपर्छ । जसले गर्दा मुत्रमार्गमा ब्याक्टेरिया फैलन पाउँदैन ।

महिनावारी हुँदा एकदमै ध्यान दिनुपर्छ । यस बेला सरसफाईम अझ बढी जोड दिनुपर्छ । सेनिटरी प्याडलाई हरेक ६ घण्टामा बदल्नुपर्छ ।

पिसाब गरेपछि हरेक पल्ट सफा पानीले यौनांग सफा गर्नुपर्छ ।

फोहोर हातले चलाउने वा कुनै सामानले छुने गर्नुहुँदैन ।

पार्टनरसँगको सम्बन्ध सुरक्षित बनाउनुपर्छ ।

कहिलेकाहिँ मनतातो पानी एउटा भाँडामा जम्मा गरेर त्यसमा निमको पात राखेर बस्नुपर्छ ।

स्विमिङ पुलमा जाँदा वा सार्वजनिक शौचालय प्रयोगमा निकै सावधानी अपनाउनुपर्छ ।

धेरै समस्या भएमा चिकित्सकको परामर्श लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?