पूर्व प्रेमिकालाई बसभित्र ३० पटक चक्कु प्रहार, बाक्लो ज्याकेटले बचायो ज्यान

लोकपथ
0
Shares

काठमाडौं । मेक्सिकोमा एक अप्रिय घटना घटेको छ । गुडिरहेको बसमा एक युवकले आफ्नो पूर्व प्रेमिकालाई चक्कु प्रहार गरेका छन् । उनले पूर्व प्रेमिकालाई ३० पटक चक्कु प्रहार गरेका थिए ।

३० पटक चक्कु प्रहार भएकी महिला घाइते मात्र भइन् । महिलाले बाक्लो ज्याकेट लगाएका कारण उनको ज्यान बचेको प्रहरीले बताएका छन् ।

युवकले चक्कु प्रहार गरेपछि बसमा सवार सबै यात्रु भागेका थिए । चक्कु प्रहार गरेपछि युवक बसबाट भागेका थिए तर प्रहरीले उनलाई पक्राउ गरेको छ । जब प्रहरीले उनलाई गिरफतार गर्न खोज्यो तब उनले आत्महत्याको प्रयास गरेका थिए ।

महिलाको हात र खुट्टामा धेरै चोट लागेको मेक्सिकाका सञ्चार माध्यमहरुले जनाएका छन् ।

भिडियो हेर्न लिंकमा थिच्नुहोस् : blob:https://www.thesun.co.uk/63bc2789-c2f1-4dfa-b107-45381280edbb

 

प्रतीकात्मक तस्वीर

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?