२०७७, ११ फाल्गुन मंगलवार १५:०९

अक्षय कुमारले फिल्म करिअरको शुरुवाती दिनबारे खोले यस्तो राज


प्रकाशित मिति : २०७७, ११ फाल्गुन मंगलवार १५:०९

काठमाडौं । बलिउड चर्चित अभिनेता अक्षयकुमारले फिल्म करिअरमा लागेको शुरुवाती दिनहरुबारे समिक्षा गरेका छन् ।

उनका अनुसार बलिउड यात्रा शुरु गरेको केही वर्षपछि उनलाई आफु एक्सन हिरोको छविमा जकडिएको अनुभव भएको थियो ।

अक्षय भन्छन्,‘आफ्नो करियरको सुरुवाती दिनमा म केवल एक्सन फिल्ममा अभिनय गर्थें । हरेक बिहान जब म उठ्थें, तब मलाई थाहा हुन्थ्यों कि मैले सेटमा गएर एक्सन सिट शुट गर्नुपर्छ । मलाई यो सम्झँदा बोर हुन्थ्यों । त्यसपछि केवल एक्सन फिल्ममात्रै गरेर म के गर्दैछु भनेर सोच्न थालें ।’

कसरी कमेडी फिल्म गरेर आफ्ले स्टेरियोटाइप छविलाई बदलँे भन्ने अक्षयलाई राम्ररी याद छ । उनी भन्छन्, ‘मैले अलग–अलग काम गर्ने कोसिस गरें । त्यतिबेला मानिसहरु तिमीले कमेडी गर्न सक्दैनौं भन्थें । तर, प्रियदर्शनजी र राजकुमार सन्तोषीजीले मलाई कमेडीमा ब्रेक दिनुभयो ।’ हेरा फेरि, गरम मसाला, भागम भाग, भुलभुलैयाजस्ता प्रिय दर्शन निर्देशित कमेडी फिल्महरुमा अक्षय मुख्य भूमिकामा छन् ।

कस्तो शैलीमा काम गर्न रुचाउनुहुन्छ भन्नेबारे अक्षयको जवाफ छ,‘ म खलपात्रको भूमिका वा नायकको भूमिका भनेर हेर्दिंन । मैले सबै भूमिका गरेको छु । यदी मलाई फिल्म राम्रो लाग्यो भने म काम गर्छु ।’

चाडैं नै अक्षयको अभिनय रहेको ‘सूर्यवंशी’ प्रदर्शनमा आउँदैछ । यसमा उनले एटिएस अफिसर वीर सूर्यवंशीको भूमिका निभाएका छन् । त्यस्तै ‘बेल बटम’ मा उनी रअ एजेन्टको भूमिकामा देखिदैंछन् भने ‘पृथ्वीराज’ मा पृथ्वीराज चौहानको भूमिकामा अभिनय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस