तेलुगू स्टार रवी तेजाको पारिश्रमिक १६ करोड

लोकपथ
0
Shares

काठमाडौं । तेलुगू स्टार रवी तेजाले आफ्नो पारिश्रमिक बढाएका छन् । रवीले तेजाले पारिश्रमिक १६ करोड पुर्‍याएका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘क्र्याक’ले विश्वव्यापी रुपमा ६० करोड बढीको व्यापार गरेको थियो । यो फिल्मको ओभरसिज राइट २० करोडमा बिक्री भएको थियो । रवीको अभिनय करियरमा सर्वाधिक हिट फिल्ममा ‘क्र्याक’ पनि परेको छ ।

Khiladi': Ravi Teja to enact dual roles in forthcoming Telugu film

हालैमात्र निर्माता नाकिना त्रिनाधा राओले रवीसँग सहकार्य गरी ‘आरटी ६८’को घोषणा गर्ने तयारी गरिरहेका थिए । तर पारिश्रमिकमा रवी सहमत हुन नसकेपछि फिल्मको घोषणा हुन सकेको थिएन् ।

रवीले नयाँ फिल्मका लागि १६ करोड पारिश्रमिक मागेपछि निर्माताहरु हच्किएका थिए । तर ‘क्र्याक’को सफलता देखेपछि निर्माताहरु रवीलाई १६ करोड पारिश्रमिक दिन राजी भएका छन् । फिल्म ‘आरटी ६८’ रवीको करियरको ६८ औं फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?