किन आयो निफ्राको शेयर मूल्यमा गिरावट ? यस्तो छ कारण

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य मंगलवार १० प्रतिशतले घटेको छ ।

मूल्य घटेपछि मंगलवार निफ्राको शेयर किनबेच भएको छैन । सोमवार भने शेयर बजारमा भारी अंकले गिरावट आए पनि निफ्राको शेयर मूल्य १० प्रतिशतले बढेको थियो । कारोबार खुल्दा त आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो । तर पछि विस्तारै घट्दै गएको नेप्सेले जनाएको छ ।

कारोबारको शुरुमा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । ठूला लगानीकर्ताले शेयर बेच्न थालेपछि निफ्रा शेयर मूल्यमा भारी गिरावट आएको हो । अहिले यस कम्पनीको शेयर मूल्य ५९४ रुपैयाँमा झरेको छ । अहिले कम्पनीको करिब ३ लाख कित्ता शेयर बिक्रीमा छ । तर किन्ने भने कोही तयार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?