अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख, राष्ट्रपति बाइडेनद्वारा श्रद्धाञ्जली व्यक्त

लोकपथ
0
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख पुगेको छ।

यो कोरिया, भियतनाम र दोस्रो विश्वयुद्धमा मारिएका अमेरिकीहरू बराबर संख्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन्।

राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा एक समारोह आयोजना गरी मृतकहरुको सम्झनामा मैनबत्ती बालेका छन् । उनले आगामि ५ दिनसम्म अमेरिकी सरकारी भवनहरूमा झण्डालाई आधा झुकाउन निर्देशन समेत दिएका छन् । उक्त कार्यक्रममा मृतकहरुलाई श्रद्धाञ्जली दिइनुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिले केही बेर मौन धारण गरेका थिए ।

राष्ट्रपति बाइडेनले देशवासीको नाममा सम्बोधन गर्दै ५००,०७१ मृत्युको दुःखी र हृदयविदारक माइलस्टोनमा पुगेको बताएका थिए ।

उनले अगाडी भनेका छन् ‘ जसलाई हामीले गुमाएका थियौं उनीहरुमध्ये कोही पनि आम होइनन् । उनीहरु असाधारण थिए । उनीहरुमध्ये कोही अमेरिकामा जन्मिएका थिए वा आफ्नो देश छोडेर अमेरिका आएका थिए ।’
अमेरिकामा हाल सम्म २ करोड ८८ लाख कोरोनाबाट संक्रमित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?