बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनचाँदीको मूल्यमा बृद्धि भएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार रहेको थियो । त्यस्तै आज तोलामा ११ सयले बृद्धि भइ प्रतितोला सुन ९० हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८९ हजार ६ सय ५० रहेको छ ।

सोमवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्यमा २५ रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १३ सय ३५ रहेको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?