काठमाडौं । महान्यायाधिवक्ताअग्निप्रसाद खरेलले आफुले पदबाट राजिनामा नदिएको बताएका छन् । राजिनामा हल्ला चलेपछि महान्यायाधिवक्ता खरेलले भने–‘मैले राजीनामा दिएको छैन् ।’
केही मान्छेहरुले कुनामा बसेर आफ्नो विरुद्ध षडयन्त्र गरेको खरेलको दाबी छ । उनले भने–‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए ।’
प्रतिनिधिसभा विघटनको मुद्धाको बहस सकिएसँगै महान्यायाधिवक्ता खरेलले राजिनामा दिने चर्चा चलेको थियो । संवैधानिक इजलासमा खरेल सहित ११ जना सरकारी वकिलले विघटनको पक्षमा बहस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया