ह्वावेले यो वर्ष स्मार्टफोन उत्पादन ६० प्रतिशतले घटाउने

एजेन्सी । टेक जाएन्ट ह्वावेले सन् २०२१ मा फोन निर्माण प्रक्रियालाई करिब ६० प्रतिशतले कम गर्ने भएको छ । ह्वावेले यो यो वर्ष ७० देखि ८० मिलियन स्मार्टफोनहरु मात्रै उत्पादन गर्ने रिपोर्टहरुमा जनाइएको छ ।

सन् २०१९ मा ह्वावेले २४० मिलियन स्मार्टफोन ढुवानी गरेको थियो जबकी सन् २०२० मा १८९ मिलियन स्मार्टफोनका लागि सामाग्री उत्पादन गरेको थियो । अमेरिका र उसका समर्थक राष्ट्रहरुले ह्वावेमाथि प्रतिबन्ध लगाएसँगै ह्वावेले यस्तो निर्णय गरेको हो ।

यद्यपी कम्पनीले हाल बजारमा चलेका स्मार्टफोनको उत्पादन कम गर्छ वा गर्दैन भन्ने विषय भने रिपोर्टमा खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?