सेभियाको सहज जित

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभियाले सहज जित हात पारेको छ । सोमवार राति भएको खेलमा सेभियाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

सेभियालाई जित दिलाउन डिएगो कार्लोस र लुक डी जोङले एक एक गोल गरे । ओससुनाको मैदानमा १९ औं मिनेटमा डिएगोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा लुक डी जोङले गोल गर्दै सेभियालाई २-० को जित दिलाए ।

Image

जितसँगै सेभिया लिगको तेस्रो स्थानमा उक्लिएको छ । सेभियाले २३ खेलमा ४८ अंक जोडेको छ ।

ओसासुना २५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?