सरकार छाड्न माओवादीमाथि दवाव, अब के हुन्छ ?

काठमाडौं, १८ असोज— नेपाली कांग्रेसले राजपा नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि हुन आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस सहित ६ दलको बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आह्वान गरेका हुन् । सोसँगै नेकपा माओवादी केन्द्रमाथि सरकार छाड्न दवाव परेको छ ।यसबारे राजपा र फोरमले स्पष्ट जवाफ नदिएपनि भोलि पुनः बस्ने बैठकमा आवश्यक समझदारी हुने कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।निधिले माओवादी बिनै पनि सरकार बहुमतमा रहेको दाबी गर्दै राजपा र फोरमलाई सरकारमा सहभागि हुन कांग्रेसले आह्वान गरेको बताए ।यद्यपी माओवादीले भने सरकार र गठबन्धन फरक विषय भएको भन्दै यसलाई अन्यथाका रुपमा लिन नहुने बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?