काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७०औं जन्मदिन मनाउँदै छन् । वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा जन्मेका ओली मोहनप्रसाद ओली र स्वर्गिय मधु ओलीका छोरा हुन् ।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका ओलीले २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादीको एकीकरणपछि बनेको पार्टीको एक अध्यक्ष बने । अहिले पार्टी फुटसँगै उनले नेकपा ओली समूहको अध्यक्षको कार्यभार सम्हालिरहेका छन् ।
जन्मदिनका अवसरमा प्रधानमन्त्री ओलीलाई शुभकामनाको ओइरो लागेको छ ।
आफ्नो ६९ औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका ओलीले त्यहाँ नेपालको नक्सा अंकित केक काट्दा निकै आलोचना भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया