कोरोनाका कारण स्थगित ‘बी’ डिभिजन आजबाट

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेका खेलहरु आज मंगलवारबाट शुरु हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष चैत ५ गतेबाट स्थगित लिग आजबाट पुन: शुरु हुन लागेको हो ।

लिग अन्तर्गत पहिलो दिन आज मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लब तथा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीचको दुई खेल हुनेछ ।

मध्यपुर र नयाँ बस्तिबीचको खेल अपरान्ह १२:१५ बजे हुनेछ भने पुल्चोक र खुमलटारबीचको खेल अपरान्ह ३:३० बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?