मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

यसअघि सोमवार बस्दै आएको मन्त्रीपरिषदको नियमित बैठक यो पटक मंगलवार बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विषयमा छलफल हुने स्रोतले जनाएको छ । आजको बैठकमा विप्लवको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय मुख्य एजेण्डा रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?