आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

यसैगरी आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २४ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २७ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ९६ पैसा र बिक्रीदर ११ रुपैयाँ १ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?