रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी

एजेन्सी । इटालियन सिरी ए अन्तर्गत गएराती भएको खेलमा क्रोटोनविरुद्ध युभेन्टस विजयी भएको छ । युभेन्टसले क्रोटोनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो एक्लैले २ गोल गर्दा वेस्टन म्याककेनले एक गोल गरे । रोनाल्डोले खेलको ३८औ मिनेट र ४५औ मिनेटमा एक एक गोल गरेका थिए भने वेस्टनले खेलको ६६औ मिनेटमा एक गोल गरेका थिए । क्रोटोनले कुनै गोल गर्न नसक्दा ठूलो गोल अन्तरले पराजित भएको छ ।

जितपछि युभेन्टस २२ खेलमा ४५ अंक बटुल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने २३ खेलबाट १२ अंक मात्र जोडेको क्रोटोन लिगको पुछारमा रहेको छ । युभेन्टसभन्दा अगाडी रहेको एसी मिलानको २३ खेलबाट ४९ अंक जोडेको छ भने लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानले २३ खेलबाट ५३ अंक जोडेको छ ।

जारी सिजनको लिगमा आफ्नो १८औं गोल पुरा गरेका रोनाल्डोले इटालियन सिरी ए लिगका सबै टिमविरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका छन् । यस्तै उनले युरोपका प्रमुख पाँच लिगमा अहिलेसम्म ७८ टिमविरुद्ध गोल गरेको रेकर्ड समेत बनाएका छन् । उनी भन्दा अगाडी स्विडेनका जलाटन इब्राहिमोविचको नाममा ७९ टिमविरुद्ध गोल गरेको रेकर्ड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?