काठमाडौँ । प्रचण्ड-नेपाल समूहले जिल्ला सचिव तोकेका दुईजना नेताले पदमा बस्न अस्वीकार गरेका छन्। काठमाडौं जिल्ला कमिटी सचिवमा तोकिएका हिमाल शर्मा र भोजपुरका जिल्ला कमिटी सचिव विमल खड्काले उक्त पद अस्वीकार गरेका हुन्।
शर्माले आफू केन्द्रीय कमिटी सदस्य रहेकाले अरु साथीहरुलाई जिम्मेवारी दिन भनेका छन्। यस्तै खड्काले अर्कै समूहको नेतालाई जिल्ला अध्यक्ष बनाएको भन्दै असन्तुष्टि जनाएका छन्। भोजपुरमा माधव नेपालनिकट शरण कुमार राईलाई अध्यक्ष तोकिएको छ।
दाहाल-नेपाल समूहले काठमाडौंमा वसन्त मानन्धर र भोजपुरबाट शरण कुमार राईलाई जिल्ला अध्यक्ष बनाएको थियो।
यस अघि डोल्पा जिल्ला अध्यक्ष तोकेका दत्तबहादुर रोकायाले आफू केपी ओली समूहको नेकपामा रहेको बताएका थिए । आफूलाई थाहै नदिइ जिल्ला अध्यक्ष तोकिएको खबर पाएपछि उनले प्रचण्ड-नेपालको निर्णय अस्वीकार गरेका हुन्।
प्रचण्ड-नेपाल समूहले सोमवार ७७ मध्ये ६८ जिल्लाको नेतृत्व बाँडफाँड गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया