पूर्वमन्त्रीलाई मुख्यमन्त्रीको चेतावनी- ‘हाम्रो समूहमा नआए सडकमा पुर्‍याउँछौं’

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पूर्वमन्त्री तथा प्रचण्ड-माधव समूहका नेता गोकर्ण विष्टलाई ओली समूहमा नआए सडकमा पुर्‍याइदिने चेतावनी दिएका छन् ।

नेकपा जिल्ला कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा गुल्मी क्षेत्र नम्बर २ का सांसद विष्टलाई उनकै गृहजिल्लामा पुगेर ओली समूहमा नआए चुनावमा हराइदिने चेतावनी दिएका हुन् । उनले पार्टीमा गल्ती गर्नेलाई क्षमा दिने बताए।

अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गल्ती गरेको भन्दै उनीहरू सच्चिएर आए आफूहरूले क्षमा दिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?