को हुन् इजिप्टको ‘मिस इको इन्टरनेशनल’ मा जान लागेकी अनुश्मा ?

काठमाडौं– इजिप्टको ‘मिस इको इन्टरनेशनल २०२१ ’मा नेपाली चेली अनुष्मा रायमाझीले प्रतिनिधित्व गर्ने भएकी छिन् ।

मिस इको इन्टरनेशनलका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो । १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल–२०२०’ को बिजेता भएपछि छानिएकी हुन् ।

६० भन्दा बढी देशका इको सुन्दरीहरुको सहभागीता जनाउने उक्त प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन् । २१ वर्षीया रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट उड्ने तयारीमा छिन् ।

मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैठौं सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचन तथा , मौनता लामाले सहभागिता जनाएका थिए ।

कल्चरल ड्रेस तथा देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफुले प्रचार गर्ने रायमाझीले बताइन् । ‘मिस इको इन्टरनेशनल’को उपाधि नेपाल भित्रिने आशासहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविण लाकौलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?